

८ बैशाख, २०८२ | 21 Apr, 2025
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज १७ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । आज अपरान्ह दुुई बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागेको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाईनान्स कम्पनीहरुले भाग लिन पाउनेछन् ।
कुुल ट्रेजरी मध्येमा २८ दिने अवधिको पाँच अर्ब, ९१ दिने अवधिको १० करोड र एक सय ८२ दिने अवधिको १२ अर्ब रुपैयाँको रहेको र ति मध्ये २८ दिने ट्रेजरीको परिपक्व हुुने अवधि २०७७ मंसिर २३ गते, ९१ दिने ट्रेजरीको परिपक्व हुने अवधि २०७७ माघ २७ गते र एक सय ८२ दिने ट्रेजरीको परिपक्व हुुने अवधि २०७८ बैशाख २८ गते तोकिएको छ ।