२४ माघ, २०८१ | 06 Feb, 2025
काठमाडौं । आज सोमबार नेप्से चार दशमलव २२ अंकले बढेर १६ सय ५२ दशमलव ८० अंकमा पुगेको छ । सेन्सिटिभ इन्डेक्स शुन्य दशमलव छ अंकले घटेर तीन सय २५ दशमलव ३३ अंकमा पुगेको छ ।
आज एक सय ९५ कम्पनीहरुको ४१ हजार ४९ पटकको कारोवारमा एक करोड ३५ हजार तीन सय १३ कित्ता सेयर खरिद बिक्री हुँदा कारोवार रकम तीन अर्ब ६९ करोड ९८ लाख ७९ हजार सात सय २६ रुपैयाँ पुुगेको छ ।
१२ वटा समुहको कारोवार हुँदा छ वटा समुहको सुचक बढेर छ वटा समुहको सुचक घटेकाछन् । सो मध्ये वाणिज्य बैंक समुहको सुचक ११ दशमलव ५२ अंकले घटेर १२ सय ८८ दशमलव ८५ अंकमा पुुग्दा विकास बैंक, जलबिद्युुत, जीवन बीमा, होटल र सामुुहिक लगानी कोष समुहको सुचक पनि घटेकाछन् ।
निर्जिवन बीमा समुहको सुचक भने ६५ दशमलव ८५ अंकले बढेर आठ हजार दुई सय ७५ दशमलव १३ अंकमा पुुगेकोमा लघुबित्त, ट्रेडिङ, फाईनान्स, उत्पादनमुुलक र अन्य समुहको सुचक पनि बढेकाछन् ।
आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको कर्पोरेट डेभलपमेन्ट बैंक परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा घलेम्दी हाईड्रो पावर कम्पनी परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीको सुचीमा भने पहिलो स्थानमा नेपाल पुर्नबीमा कम्पनी परेको छ ।