२४ माघ, २०८१ | 06 Feb, 2025
काठमाडौं । नेप्से एकै दिन झण्डै २६ अंकले बढेको छ । नेप्से आज मंगलबार २५ दशमलव ९८ अंकले बढेर १६ सय ७८ दशमलव ७९ अंकमा पुुग्दा सेन्सिटिभ पनि पाँच दशमलव छ अंकले बढेर तीन सय ३० दशमलव ३९ अंकमा चढेको छ ।
एकै दिन एक सय ९६ कम्पनीहरुको ३८ हजार छ सय ३४ पटक कारोवारमा ९६ लाख ५७ हजार ६ सय ७७ कित्ता सेयर खरिद बिक्री हुँदा कुुल कारोवार रकम चार अर्ब नौ करोड ६१ लाख ९० हजार दुुई सय ५६ रुपैयाँ पुुगेको छ ।
आज १२ वटा समुहको कारोवार भएकाछन् । ति मध्ये जलबिद्युुत र सामुहिक लगानी कोष समुहको सुचक घटेकाछन् भने बाँकी समुहको सुचक बढेकाछन् । जसमध्ये आज वाणिज्य बैंक समुहको सुचक सात दशमलव ११ अंकले बढेर १२ सय ९५ दशमलव ९७ अंकमा पुुग्दा बिकास बैंक समुहको सुचक पनि आठ दशमलव सात अंकले बढेर दुुई हजार ९२ दशमलव आठ अंकमा पुगेको छ ।
निर्जिवन बीमा, जीवन बीमा, ट्रेडिङ, होटल, फाईनान्स, उत्पादनमुुलक, अन्य र लघुुबित्त समुहको सुचक पनि आज उच्च अंकले बढेकाछन् ।
आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा साल्ट ट्रेडिङ कर्पोरेसन परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा बिशाल बजार कम्पनी परेको छ । यसैगरी बढी रकम कारोवारका आधारमा भने नेपाल पुर्नबीमा कम्पनी पहिलो स्थानमा परेको छ ।