कुबेतबाट पनि इसेवा मनि ट्रान्सफरको रेमिट्यान्स् सेवा सुरू

 अर्थबुलेटिन संवाददाता   २५ कार्तिक, २०७७



काठमाडौं । इसेवा मनि ट्रान्स्फर र कुबेतकोे ख्यातिप्राप्त रेमिट्यान्स् कम्पनी युएई एक्स्चेञ्जबीच रेमिट्यान्स् सेवा सुरू भएको छ । यो सेवा सुरू भएसँगै कुबेतमा रहेका नेपालीहरूले युएई एक्स्चेञ्जका २३ वटा शाखाबाट नगदमा तथा कुनै पनि बैंक खातामा र इसेवावालेटमा पैसा पठाउन सकिनेछ ।

नगदमा पठाइएको रकम नेपाल भर रहेका आठ हजार भन्दा धेरै इसेवा मनि ट्रान्सफरका एजेन्ट तथा इसेवावालेट एप मार्पmत पनि प्राप्त गर्न सकिनेछ । साथै इसेवा वालेटमा पैसा पठाउदा सात सय ५० फिल्स मात्र सेवा शूल्क लाग्ने छ ।

त्यसै गरी बैंक खातामा पठाएइको रकम तत्कालै तुरुन्तै सेवाग्राहीको बैंक खातामा जम्मा हुनेछ । युएई एक्स्चेञ्जले छिट्टै  नै इसेवामनि ट्रान्सफरको सेवा आफ्नो अनलाइन मोबाइल एप मार्पmत पनि सुरु गर्ने छ ।

रेमिट्यान्स् सम्बन्धी सम्झौता पत्रमा इसेवा मनि ट्रान्स्फरका तर्फबाट प्रबन्ध निर्देशक अजेश कोइराला र युएई एक्स्चेञ्जका तर्फबाट कार्यकारी प्रमुख कृष्ण कुमार यछारथले हस्ताक्षर गरेकाछन । इसेवामनि ट्रान्सफरले डिजिटल रेमिट्यान्स्का साथै एजेन्ट बेस रेमिट्यान्स् सेवामार्पmत नेपालमा रेमिट्यान्स् भित्राउदै आएको छ ।

हालको विषम परिस्थितिलाई मध्यनजर गर्दै इसेवाले डिजिटल माध्यमबाट समयको बचत, आर्थिक फाइदा र प्राविधिको प्रयोगबाट सुरक्षित ढंगबाट रेमिट्यान्स् भित्राउँदै आएको छ । इसेवा मनि ट्रान्सफरलाई रेमिट्यान्स्को विश्वबजारमा छुटै नाम, सेवा र प्रविधिको पूर्ण प्रयोग गर्ने कम्पनीको रुपमा स्थापना गर्नु आफुहरुकोे उद्देश्य रहेको इसेवा मनि ट्रान्सफरका प्रबन्ध निर्देशक अजेश कोइरालाले बताए ।  

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation