पुस्तकालय विकासका लागि सिद्धार्थ बैंकको आर्थिक सहयोग

 अर्थबुलेटिन संवाददाता   २७ कार्तिक, २०७७



काठमाडौं । सिद्धार्थ  बैंक लिमिटेडले पुस्तकालय विकासका लागि आर्थिक सहयोग गरेको छ । बैकले आज बुुधबार काठमाडौंको सुविधानगरस्थित सामुदायिक विकास समितिलाई सामाजिक उत्तरदायित्व अन्र्तगत पाँच लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।

सो रकम बैंकका तर्फबाट बैंकका हेड अफ सर्कल अफिस, त्रिपुरेश्वरका अजय सिंह भण्डारीले सामुदायिक विकास समितिका अध्यक्ष सुमित्रा कडरियालाई हस्तान्तरण गरेकाहुन । उक्त रकम सामुदायिक विकास समितिले सुविधानगरस्थित मदन स्मृति सामुदायिक पुस्तकालयमा पुस्तकहरु थप गर्न र कम्पयुटर खरिद गरी प्रभावकारी व्यवस्थापन गर्नका लागि उपयोग गर्नेछ ।

स्थापनाकाल देखि नै सुविधानगर क्षेत्र भित्र विभिन्न सामाजिक कार्य गर्दै आएको उक्त समितिलाई प्रदान गरिएको सो रकम सहयोगबाट शिक्षाको क्षेत्रमा केहि हदसम्म भएपनि उत्थान पुग्ने विश्वास बैंकले लिएको छ ।

बैंकले विभिन्न सामाजिक उत्तरदायित्व निर्वाह सम्बन्धि कार्यहरूमा सहभागिता जनाउदै आएको र आगामी दिनहरुमा पनि यसलाई निरन्तरता दिदै जाने उद्देश्य बैंकको रहेको छ ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation