२४ माघ, २०८१ | 06 Feb, 2025
काठमाडौं । साताको सुरुवाती कारोवार दिन देखि बढेको नेप्से साताको अन्तिम कारोवार दिन आज बिहिबार पनि बढेको छ । नेप्से आज १० दशमलव ८२ अंकले बढेर १७ सय १८ दशमलव ४९ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव २७ अंकले बढेर तीन सय ३८ दशमलव ८९ अंकमा पुगेको छ ।
नेप्सेमा आज एक सय ९८ वटा कम्पनीहरुको ५५ हजार आठ सय ९१ पटकको कारोवारमा एक करोड ३८ लाख ८९ हजार एक सय ८९ कित्ता सेयर खरिद बिक्री हुँदा कुुल कारोवार रकम चार अर्ब ८२ करोड ६२ लाख ८६ हजार पाँच सय ५१ रुपैयाँ पुुगेको छ ।
नेप्सेमा आज १२ वटा समुहको कारोवार हुँदा पाँच वटा समुहको सुचक बढेर सात वटा समुहको सुचक घटेकाछन् । ति मध्ये वाणिज्य बैंक समुहको सुचक आठ दशमलव ३३ अंकले बढेर १३ सय १९ दशमलव १७ अंकमा पुुग्दा निर्जिवन बीमा, ट्रेडिङ, अन्य र सामुुहिक लगानी कोष समुहको सुचक पनि बढेकाछन् ।
विकास बैंक समुहको सुचक भने आज छ दशमलव ३८ अंकले घटेर दुुई हजार ८८ दशमलव ६२ अंकमा पुग्दा जीवन बीमा, जलबिद्युुत, लघुुबित्त, होटल, फाईनान्स र उत्पादनमुुलक समुहको सुचक पनि घटेकाछन् ।
आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो बिशाल बजार कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा गणपती लघुुबित्त बित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीको सुचीमा पहिलो स्थानमा नेपाल पुर्नबीमा कम्पनी परेको छ ।