नबिल बैंकद्वारा तिहारमा पनि सामाजिक सन्देशमुलक भिडियो सार्वजनिक

 अर्थबुलेटिन संवाददाता   २७ कार्तिक, २०७७



काठमाडौं । नेपालीहरुले दशकौंदेखि विश्वास गर्दै आएको नबिल बैंकले जहिले पनि समय सुहाउँदो सेवाहरु प्रदान गरेर आफ्ना ग्राहकहरुको मन जित्दै, ग्राहकहरुलाई ढुक्क बनाउँदै आएको छ ।

झन् अहिलेको माहामारीको बेलामा त समय सुहाउ“दो सन्देशहरु दिनु पनिनिकै जरुरी भएको छ र यसै कुरालाई आत्मसात गरी सुरक्षित तवरले तिहार मनाऔं भन्ने सन्देश दिनको लागि नबिल बैंकले तिहार भिडियो सार्वजनिक गरेको छ ।

नबिल बैंकले दशैंको बेलापनि सुरक्षित तवरले दशैं मनाऔं भन्ने सन्देशका साथ एउटा भिडियो सार्वजनिक गरेको थियो, जसलाई सबैले धेरै मनपराएको थियो । उक्त भिडियोमा देखाइएको कथा अहिले धेरैको जीवनस“ग मेल राख्न गएकोले उक्त भिडियोले लाखौंको मन छुन सफल भयो ।

जसको फलस्वरुप नबिलको दशैंको भिडियो सामाजिक संजालमा (फेसबुक, युटुब, इन्ष्टाग्राम, टुईटर, लिंक्डइन) कुल १३ लाख दर्शकहरुले हरेका थिए । दशैंको भिडियोले पाएको मायाको लागि नबिल बैंक सबैलाई आभार व्यक्त गर्न गरेको छ ।

तिहारको यस भिडियोले अहिलेको अवस्थामा भौतिकरुपमा भन्दा भावनात्मकरुपमा नजिक भएर तिहार मनाऔं भन्ने सन्देश सरल ढंगले दिएको छ, जसले पहिले जस्तै सबैको मन जित्नेछ भन्ने अपेक्षा बैंकले लिएको छ ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation