सिटिजन्स बैंकको क्यास ब्याकको बहार योजना सार्वजनिक

 अर्थबुलेटिन संवाददाता   २८ कार्तिक, २०७७



काठमाडौं ।  सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले “यो तिहार, सिटिजन्स डिजिटल कारोवारमा क्यास ब्याकको बहार” योजना सार्वजनिक गरेको छ । बैंकका ग्राहकहरुले मोबाइल बैकिङ्ग मार्फत तिहारमा पैसा पठाउँदा एक सय रुपैयाँ क्यासब्याक प्राप्त गर्नेछन् ।

बैंकका मोबाइल बैकिङ्ग प्रयोगकर्ताहरुले कात्तिक २९ देखि मंसिर १ गते सम्मतिन पटक गरी दुुई हजार रुपैयाँ भन्दाबढी रकम मोबाइल बैकिङ्गमार्फत रकमान्तर गरेमा सो क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

यसरी पैसा पठाउँदा विवरणमा भने “ सिटिजन्स तिहार” भनी खुलाउन पर्ने छ । तिहारमा खेलिने देउसीभैलोको दक्षिणा तथा दिदिबहिनिलाई भाईटिकाको दक्षिणा दिन सहजहोस् भन्ने उद्देश्यका साथ बैंकले यो क्यासब्याक योजना सार्वजनिक गरेको हो । यसका साथै तिहारलाई लक्षित गरि बैंकले डिजिटल सहायता केन्द्रको समेत ब्यवस्था गरेको छ ।

बैकले देशैभरी फैलिएका आफ्ना एक सय ११ वटा शाखा, ९९ वटा ए.टि.एम. र एक सय चार वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव साढे छ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation