मुक्तिनाथ विकास बैंकका ग्रहाकलाई संगम स्वीट्समा विशेष छुट

 अर्थबुलेटिन संवाददाता   २९ कार्तिक, २०७७



काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्ना भिषा डेविट कार्डवाहक ग्राहकहरुलाई संगम स्वीट्सको काठमाडौंस्थित आउटलेटहरुबाट सेवा लिदा विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ ।

यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक ग्राहकहरुले संगम स्वीट्सको काठमाडौं स्थित आउटलेटहरुबाट १० प्रतिसतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

यसरी विभिन्न संस्थासंग हातेमालो गर्दै कोभिढ १९ को संक्रमणबाट सुरक्षित भई डिजिटल बैंकिङ्ग र क्यासलेस कारोबार बढाउने कार्यमा उल्लेखित सम्झौताहरुले थप प्रोत्साहन गर्ने अपेक्षा बैंकले लिएको छ ।

साथै बैंकको ग्राहकले भिसा नेटर्वक अन्तर्गत जुन सुकै बैंकको एटिएमबाट विनाकुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको समेत बैंकले जनाएको छ ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation