सानिमा बैंकको १६ औं साधारण सभा सम्पन्न

 अर्थबुलेटिन संवाददाता   २९ कार्तिक, २०७७



काठमाडौं । सानिमा बैंक लिमिटेडले आज शुक्रबार १६ औं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न गरेको छ । विश्वभर फैलिएको कोभिड–१९ महामारीको कारण नेपाल सरकारले तोकेको सीमाभित्र शेयरधनीहरु सभामा प्रत्यक्ष उपस्थितभई बाँकी शेयरधनीहरुको उपस्थितिको लागि भर्चुअल माध्यमको व्यवस्था गरिएको थियो ।

बैंकका अध्यक्ष विनयकुमार श्रेष्ठको अध्यक्षतामा भएको उक्त सभाले संचालक समितिले प्रस्ताव गरे अनुसार हालको चुक्ता पुँजीको १० प्रतिशत वोनस शेयर र ३.६० प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।

आर्थिक वर्ष २०७६/७७ मा रु.१.७८ अर्ब खुद मुनाफा गरेको बैंकको कुल सम्पत्ति रु.१२६.३१ अर्ब, कुल निक्षेप रु. ११०.१० अर्ब तथा खुद कर्जा सापटी रु ९३.६९ अर्ब रहेको छ । आर्थिक वर्ष २०७५/७६ को तुलनामा निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमश १९.३०, १२.२९, र १५.८१ प्रतिशतले वृद्धि गरेको छ ।

बैंकको सातै प्रदेशमा हाल ८३ वटा शाखा, १६ विस्तारित काउन्टरर ८१ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation