नेपाल इन्फ्रास्ट्रक्चर बैंकको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

 अर्थबुलेटिन संवाददाता   ४ मंसिर, २०७७



काठमाडौं । नेपालकै पहिलो र एकमात्र पूर्वाधार विकास बैंकको रुपमा स्थापना भएको नेपाल इन्फ्रास्ट्रक्चर बैंकले आज बुुधबार दोस्रो वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

बैंकको रजिष्टर्ड कार्यालयमा काठमाडौं १०, बानेश्वरमा सम्पन्न उक्त सभाको अध्यक्षता बैंक सञ्चालक समितिका अध्यक्ष समेत रहेका अनुज अग्रवालले गरेका थिए ।

सो अवसरमा बैंक सञ्चालक समितिका सदस्यहरु कृष्ण नेपाल चन्द्र प्रसाद ढकाल, लालमणि जोशी र रामकृष्ण खतिवडाको उपस्थिती रहेको थियो । त्यस्तै बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवाली, नायव प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डे लगायत बैंकका उच्चतहका अधिकृतहरुको समेत उपस्थिती रहेको थियो ।

कोभिड–१९ को कारण उत्पन्न स्वास्थ्य जोखिम बाट जोगिन÷जोगाउन आफ्ना शेयरधनीहरु अनलाईन माध्ययमबाट समेत सहभागी हुन सक्नेगरी सभाको कार्यक्रम तय गरिएको थियो भने सभामा प्रत्यक्षरुपमा उपस्थित हुने शेयरधनीरुलाई समेत स्वास्थ्य सम्बन्धी मापदण्डहरु पुर्ण पालनाहुने व्यवस्था मिलाईएको थियो ।

आर्थिक बर्ष २०७६/७७ कोे सञ्चालक समितिको प्रतिवेदन र उक्त अवधिको वित्तीय विवरणहरु सर्वसम्मतिले पारित गरेको उक्त सभाले नियमनकारी निकायको स्वीकृति पश्चात निष्काशन हुने गरी जारी पुंजीको ४० प्रतिशतले हुने जम्मा आठ अर्ब को शेयर संख्या आठ करोड सर्वसाधारणलाई निष्काशन गर्ने सम्बन्धी प्रस्ताव समेत सर्वसम्मतिले पारित गरेको छ ।

मुलुकभित्र तथा मुलुकबाहिरबाट दीर्घकालिन स्रोत संकलन गरी देशको पूर्वाधार विकासका परियोजनाहरुमा मात्र लगानी गर्ने उद्देश्य लिई स्थापना भएको यस बैंकले आ.व. २०७६/७७ मा जलविद्युत, सीमेन्ट क्लिङराइजेशन एवं सौर्य उर्जा समेत ५ वटा परियोजनाहरुमा छ अर्ब कर्जा स्वीकृत गरी ५० करोड कर्जा प्रवाह गरेकोमा चालु आ.व. मा तीन वटा परियोजनाहरुमा दुुई अर्ब ८५ करोडको थप कर्जा स्वीकृत गर्दै हालसम्म जम्मा आठ अर्ब ८५ करोड बरबरको कर्जा स्वीकृत गरेको छ ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation