२४ माघ, २०८१ | 06 Feb, 2025
काठमाडौं । नेप्से आज बिहिबार ३६ दशमलव ३२ अंकले बढेर १७ सय ७८ दशमलव १२ अंकमा पुुगेको छ । सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ९८ अंकले बढेर तीन सय ४३ दशमलव सात अंकमा पुगुेको छ ।
नेप्से उच्च अंकले बढे कै आधारमा आज एक सय ९८ वटा कम्पनीहरुको ५६ हजार तीन सय ४१ पटकको कारोवारमा एक करोड ४० लाख ६२ हजार पाँच सय सात कित्ता सेयर किनबेच भएकाछन् भने कुल सेयर कारोवार रकम छ अर्ब ११ करोड ६७ लाख ३० हजार ७१ रुपैयाँ पुुगेको छ ।
१२ वटा समुहको कारोवार हुँदा सबै समुहको सुचक बढेर नेप्से आज पुरै हरियो भएको छ । जसमध्ये आज वाणिज्य बैंक समुहको सुचक दुुई दशमलव ७१ अंकले बढेर १३ सय २२ दशमलव ४८ अंकमा चढेकोमा जलबिद्युुत समुहको सुचक पनि २१ दशमलव ६३ अंकले बढेर १४ सय ४८ दशमलव सात अंकमा चढेको छ ।
विकास बैंक, लघुुबित्त, निर्जिवन बीमा, जीवन बीमा, ट्रेडिङ, होटल, फाईनान्स, उत्पादनमुलक, अन्य र सामुुहिक लगानी कोष समुहको सुचक पनि बढेकाछन् ।
आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा तारागाउँ रेजिडेन्सी होटल परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा मेगा बैकको संस्थापक सेयर परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीको सुचीमा भने आज नेपाल पुर्नबीमा कम्पनी पहिलो स्थानमा परेको छ ।