रिलायन्स लाइफद्वारा एक शेयरधनी एक बीमालेख अभियान सञ्चालन

 अर्थबुलेटिन संवाददाता   ५ मंसिर, २०७७



काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले आफ्नो तेस्रो वार्षिकोत्सवको अवसरमा एक शेयरधनी एक बीमालेख अभियान सार्वजनिक गरेको छ ।

जीवनको हरेक मोडमा आइपर्ने विभिन्न आर्थिक आवश्यकताहरुलाई पूर्ति गर्न जीवन बीमा एक उचित माध्यम भएका हुनाले कम्पनीले यो अभियानबाट आफ्ना सबै शेयरधनीहरुलाई बीमाको अवधारणाभित्र ल्याउने प्रयास गरेको छ ।

यस अभियान अन्तर्गत कम्पनीका शेयरधनीले आफ्नो आवश्यकता (बालजीवन, बचत, अवकास र सुरक्षा) अनुरुपको योजनाहरु कम्पनीको कुनै पनि शाखामा सम्पर्क राखी वा अनलाइन पोर्टल मार्फत प्रतिस्पर्धात्मक बीमा शुल्कमा सजिलै लिन सक्नेछन् ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation