लक्ष्मी बैंकद्वारा ३ नयाँ शाखा विस्तार

 अर्थबुलेटिन संवाददाता   ५ मंसिर, २०७७



काठमाडौं । लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा ३ नयाँ शाखा विस्तार गरेको छ । सो शाखाहरु ललितपुर जिल्लाको ललितपुर–८ पाटन, सुन्धारा, काठमाडौं जिल्लाको गोकर्णेश्वर–७, मूलपानी, र सोही जिल्लाको टोखा–३, टोखामा रहेकाछन् । 

यी ३ नयाँ शाखाहरुको स्थापनाको साथै लक्ष्मी बैंकको संजाल ४८ जिल्लामा १२४ शाखा, ७ एक्स्टेन्सन काउण्टर, ५ हस्पिटल सेवा काउन्टर, १५५ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्टतथा ६१ शाखा–रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation