८.५० प्रतिशत एस.बि.एल. डिबेन्चर २०८४ (ऋणपत्र) नेप्सेमा सूचीकृत

 अर्थबुलेटिन संवाददाता   ५ मंसिर, २०७७



काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड र नेपाल स्टक एक्सचेन्ज लि. बीच प्रति अंकित तथा चुक्ता मूल्य एक हजार कायम भएको ३० लाख थान ८.५० प्रतिशत एस.बि.एल. डिबेन्चर २०८४ (ऋणपत्र) सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको छ ।

बैंकले सर्वसाधारण समक्ष एनएमबि क्यापिटल लिमिटेड मार्फत् ३० लाख थान थान ८.५० प्रतिशत एस.बि.एल. डिबेन्चर २०८४ खुल्ला बिक्री आव्हान गरेको थियो । यसरी सर्वसाधारणमा वितरण गरिएको ३० हजार कित्ता ऋणपत्र वितरण भई नेपाल स्टक एक्सचेन्जमा सूचीकरण भएको छ ।

ऋणपत्र सूचीकरण सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शम्भु नाथ गौतमले हस्ताक्षर गरेका थिए भने नेपाल स्टक एक्सचेन्जको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले हस्ताक्षर गरेका थिए ।  

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation