सेञ्चुरी बैंकद्वारा अनलाइन एकाउन्ट सेवा सञ्चालनमा

 अर्थबुलेटिन संवाददाता   ६ मंसिर, २०७७



काठमाडौं । कोभिड १९ को कारणले गर्दा बैंकका सेवाग्राहिहरुलाई पर्न गएको विभिन्न बैंकिङ्ग समस्याको समाधानको निम्ति सेञ्चुरी कमर्सियल बैंकले डिजिटल बैंकिङलाई अझै सहज बनाउने प्रयासस्वरुप ग्राहकवर्गहरुको सेवालाई ध्यानमा राखी सेञ्चुरी सहज खाता र सेञ्चुरी क्लीक एकाउन्ट भन्ने दुई प्रकारको अनलाइन एकाउन्ट सेवा सुरु गरेको छ ।

ग्राहकहरुले घरमै बसेर शुन्य मौज्दातमा खोलिने उक्त खाताहरुमा बैंकले वार्षिक ५.५० प्रतिशतको दरले त्रैमासिकरुपमा ब्याज भुक्तानी गर्ने छ । बचत खातामा उच्चतम प्रतिफलका साथ खोल्न मिल्ने उक्त खाताहरु डिजिटल्ली खुल्ने र ग्राहकहरु बैंकमा उपस्थित हुननपर्ने हुंदा डिजिटल्ली बैकिङलाई प्राथमिकता दिदैं उक्त बचत खाताहरुमा प्रबर्धनको निम्ति बढि ब्याजदर दिइएको हो ।
सेञ्चुरी सहज खातामा नयाँ ग्राहकले खाता खोल्नको साथै उक्त खातामा तुरुन्तै पैसा जम्मा गरी सेञ्चुरी पे मार्र्फत वालेटको कारोबार समेत गर्न सकिनेछ ।

यस नयाँ सेवा मार्फत ग्राहकवर्गहरुले विभिन्न डिजिटल माध्यमबाट प्रतिदिन पाँच हजार रुपैयाँ बराबरको नगदरहित कारोबार गर्न सक्नेछन् । उक्त खातामा वार्षिक एक लाख रुपैयाँ सम्म कारोवार गर्न सकिनेछ । सेञ्चुरी क्लीक एकाउन्टमा नयाँ ग्राहकले अनलाइन बाटै खाता खोल्नको साथै उक्त खातामा तुरुन्तै पैसा जम्मा गर्न सकिन्छ ।

उक्त खातामा वार्षिक १५ लाख रुपैयाँसम्म कारोवार समेत गर्न सकिनेछ । विशेष गरी विदेशमा रहेका नेपालीहरुलाई लक्षित गरि बैंकले यो खाता संचालनमा ल्याएको हो । उक्त खाताहरु खोल्दा आवश्यक भेरिफिकेसन कोड बैंकले आधिकारिक मोबाइलमावा ईमेलमा उपलब्ध गराउने र सहजै खाता खोल्न र संचालन गर्न सकिनेछ ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation