बि.ओ.के क्यापिटलको पाँचौ वार्षिक साधारण सभा सम्पन्न

 अर्थबुलेटिन संवाददाता   ६ मंसिर, २०७७




काठमाडौं । बि.ओ.के क्यापिटल लिमिटेडको पाँचौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीले शुुक्रबार संचालक समितिका अध्यक्ष महेश मिश्रको अध्यक्षतामा बार्षिक साधारण सभा सम्पन्न गरेको हो ।

सभाले आ.ब. २०७६/७७ को वित्तीय विवरणहरु पारित गर्नुका साथै आ.ब. २०७६/७७ सम्मको सचिंत मुनाफाबाट चुक्ता पुंजी २१ करोड रुपैयाँ मध्येबाट चार दशमलव पाँच प्रतिशत अर्थात ९४ लाख ५० हजार रुपैयाँ नगद लाभांश (कर समेत) बितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

साथै, उक्त साधारण सभाले क्यापिटलले सामुहिक लगानी कोषको कोष ब्यवस्थापन तथा डिपोजिटरी भई कार्य सम्पादन गर्ने गरी उद्देश्य थप गर्ने प्रस्ताव पारित गरेको हो ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation