२४ माघ, २०८१ | 06 Feb, 2025
काठमाडौं । नेप्सेमा साताको पहिलो कारोवार दिन नै उछाल आएको छ । नेप्से आज आईतबार चार दशमलव ६९ अंकले बढेर १७ सय ८२ दशमलव ८१ अंकमा चढेकोमा सेन्सिटिभ दुुई अंकले बढेर तीन सय ४७ दशमलव सात अंकमा चढेको छ ।
आज २०१ वटा कम्पनीहरुको ६३ हजार पाँच सय ७० पटकको कारोवारमा एक करोड ६० लाख ३४ हजार सात सय १७ कित्ता सेयर खरिद बिक्री भएकाछन् भने कारोवार रकम छ अर्ब ९० करोड ६७ लाख २८ हजार तीन सय १५ रुपैयाँ पुुगेको छ ।
आज १२ वटा समुहको कारोवार हुँदा तीन वटा समुहको सुचक बढेर नौ वटाको घटेको छ ।
जसमध्ये वाणिज्य बैंक समुहको सुचक २९ दशमलव ४४ अंकले बढेर १३ सय ५१ दशमलव ९२ अंकमा पुुग्दा विकास बैंक र अन्य समुहको सुचक पनि बढेको छ ।
निर्जिवन बीमा समुहको सुचक भने दुुई सय ४३ दशमलव १४ अंकले घटेर नौ हजार तीन सय ६७ दशमलव ४९ अंकमा झरेकोमा जीवन बीमा, जलबिद्युुत, लघुुबित्त, ट्रेडिङ, होटल, फाईनान्स, उत्पादनमुुलक र सामुुहिक लगानी कोष समुहको सुचक पनि घटेकाछन् ।
आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा सिटिजन्स म्युचअल फण्ड १ परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा माउन्टेन हाईड्रो नेपाल लिमिटेड परेको छ । बढी रकम कारोवार गर्ने कम्पनीको सुचीमा नेपाल पुर्नबीमा कम्पनी परेको छ ।