

८ बैशाख, २०८२ | 21 Apr, 2025
काठमाडौं । नेपाल राष्ट्र बैंकले १४ अर्ब ८१ करोड रुपैयाँकोे ट्रेजरी बिल जारी गर्ने भएको छ । सोमबार पुरानो नविकरण अन्र्तगतको उक्त परिमाणमा ट्रेजरी बिल जारी गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार मंसिर ९ गते जारी मिती तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाईनान्स कम्पनीहरुले भाग लिन पाउनेछन् । सो मध्ये ९१ दिने अवधिको दुई अर्ब २३ करोड ३२ लाख, एक सय ८२ दिने अवधिको १२ अर्ब ४७ करोड र तीन सय ६४ दिने अवधिको ११ करोड रुपैयाँ रहेको छ ।
जसमध्ये ९१ दिने ट्रेजरीको परिपक्व हुुने अवधि २०७७ फागुुन ११ गते, एक सय ८२ दिने ट्रेजरीको परिपक्व हुुने अवधि बिसं २०७८ जेठ ११ गते र तीन सय ६४ दिने ट्रेजरीको परिपक्व हुुने अवधि बिसं २०७८ साल मंसिर सात गते तोकिएको छ ।
यही कात्तिक २७ गते पनि राष्ट्र बैंकले ९१ दिने अवधिको दुई अर्ब र एक सय ८२ दिने अवधिको ११ अर्ब ८५ करोड ५० लाख रुपैयाँ ट्रेजरी बिल जारी गरेको राष्ट्र बैंकले जानकारी दिएको छ ।