रिलायन्स लाईफद्वारा रक्तदान कार्यक्रम सम्पन्न

 अर्थबुलेटिन संवाददाता   ११ मंसिर, २०७७



काठमाडौं । रिलायन्स लाईफ इन्स्योरेन्स कम्पनीले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले तेस्रो वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।

कम्पनीको कर्पोरेट कार्यालय सहित देशभर रहेको क्षेत्रिय कार्यालय र शाखा/उप—शाखा गरी ११ स्थानमा सम्पन्न सो रक्तदान कार्यक्रममा जम्मा ३७९ जनाले रक्तदान गरेका थिए ।

हाल कोभिड—१९ बाट उत्पन्न विषम परिस्थितिमा चरम रक्त अभावलाई मध्यनजर गर्दै कम्पनीले आफ्नो तेस्रो वार्षिकोत्सवको सु–अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत सो रक्तदान कार्यक्रम देशभर संचालन गरेको हो ।

उक्त कार्यक्रममा कम्पनीका संचालक, शेयरधनी, रिलायन्स साथी, संघ संस्थाका प्रतिनिधि, कर्मचारी तथा सर्वसाधारणको राम्रो उपस्थिति रहेको थियो ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation