बैंक तथा फाईनान्स कम्पनीहरुसँग राष्ट्र बैंकद्वारा रकम लगानीको प्रस्ताव

 अर्थबुलेटिन संवाददाता   ११ मंसिर, २०७७



काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा फाईनान्स कम्पनीहरुसँग रकम लगानीको प्रस्ताव मागेको छ । राष्ट्र बैंकका अनुसार बैंक तथा फाईनान्स कम्पनीहरुंग एक अर्ब ३२ करोड रुपैयाँ लगानीको प्रस्ताव माग गरिएको हो ।

तीन सय ६५ दिने मुुद्धती निक्षेपको रुपमा उक्त परिमाणमा रकम लगानी गर्नको लागि प्रस्ताव माग गरिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।राष्ट्र बैैकका अनुसार रकम लगानीका बैंक तथा फाईनान्स कम्पनीहरुले यही मंसिर १४ गते अपरान्ह तीन बजेसम्ममा आफ्नो संस्थाले लगानी गर्न चाहेको रकम र दिन चाहेको व्याज समेत उल्लेख गरी राष्ट्र बैंकमा प्रस्ताव पेस गर्नुपर्ने छ ।

राष्ट्र बैंकका अनुसार रकम लगानीको अवधि २०७७ पुस एक गते देखि २०७८ मंसिर २९ गतेसम्म रहेको छ । लगानीको लागि छुट्याईएको कुुल रकम मध्येमा वाणिज्य बैंकहरुको लागि एक अर्ब पाँच करोड ६० लाख, बिकास बैकहरुको लागि १९ करोड ८० लाख र फाईनान्स कम्पनीहरुको लागि छ करोड ६० लाख रुपैयाँ छुट्याएको छ ।

राष्ट्र बैकका अनुसार रकम लगानीको लागि प्रस्ताव पेस गर्ने बैंक तथा फाईनान्स कम्पनीहरु सञ्चालनमा रहेको पाँच बर्ष पुरा भएको, निष्क्रिय कर्जा पाँच प्रतिसत भन्दा कम भएको हुुनुपर्ने लगायतका शर्तहरु तोकिएकाछन् ।  

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation