२४ माघ, २०८१ | 06 Feb, 2025
काठमाडौं । आज नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन हुँदैछ । ५४ औं साधारणसभाबाट नयाँ कार्यसमितिका लागि आज निर्वाचन हुन लागेको हो ।
महासंघको एक वरिष्ठ उपाध्यक्षसहित तीन विषयगत उपाध्यक्ष र विविध ६० कार्यकारिणी सदस्यहरु गरि कुन ६४ पदका लागि निर्वाचन हुँदैछ ।
यतिबेला निर्वाचनका लागि देशैभरबाट व्यवसायी मतदाता प्रतिनिधिहरु राजधानी काठमाडौंमा आईपुगेका छन् ।
अहिले बिहान ठिक ८ बजेबाट निर्वाचन प्रक्रिया शुरु हुनेछ ।
८ बजेबाट शुरु हुने मतदान प्रक्रिया बेलुका ४ बजेसम्म चल्ने छ भने मत परिणाम शनिबार बेलुका नै सार्वजनिक गर्ने तयारी रहेको निर्वाचन समितिले जनाएको छ ।
निर्वाचनका लागि महासंघले तीन छुट्टाछुट्टै मतदान केन्द्र तोकेको छ ।
उद्योग वाणिज्य समूहका लागि नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, एशोसिएट समूहका लागि कार्की ब्याङकेट माइतीघर र वस्तुगत संघ समूहका लागि महासंघको आफ्नै सचिवालय, टेकु निर्वाचन केन्द्र तोकिएको छ ।
कोभिड–१९ कै बीच आयोजना हुँदै गरेको निर्वाचनको स्वास्थ सुरक्षालाई ध्यानमा राखि छुट्टाछुट्टै समूहका लागि छुट्टाछुट्टै स्थानको व्यवस्था गरिएको निर्वाचन समितिले जनाएको छ ।
त्यसो त कोभिड–१९ को संक्रमण तथा स्वास्थ सुरक्षालाई नै ध्यानमा राख्दै कोभिड—१९ पोजेटिभ देखिएका मतदाताहरूलाई भने सबै समूहका लागि एउटै निर्वाचन केन्द्र नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीबाटै मतदानको व्यवस्था मिलाइएको छ ।