नबिल बैंक र दराजबीच रणनीतिक साझेदारी

 अर्थबुलेटिन संवाददाता   १३ मंसिर, २०७७



काठमाडौं । नेपालको अग्रणी वाणिज्य बैंक, नबिल बैंक लिमिटेड र अग्रणी अनलाइनबजार, दराजले संयुक्त रूपमा सारथी कार्यक्रम औपचारिकरूपमा शुरू गरेकाछन । यस रणनीतिक साझेदारी अन्तर्गत, दराज अनलाइन शपिंग बजार मार्फत व्यापार गर्ने साना तथा मझौला उद्यम (एसएमई) हरुले अब नबिल बैंकबाट विभिन्न कर्जा सुविधाहरु उपयोग गर्न सक्नेछन् ।

महामारीका कारण आइपरेको आर्थिक संकटले अहिले विशेष गरी एसएमईहरुमा गम्भीर प्रभाव पारेको छ । तसर्थ, यस सारथी कार्यक्रमद्वारा दराजमा सक्रिय विक्रेताहरूलाई महामारीले पुराएको कठिनाइहरू संग लड्न सक्षम बनाउने आशा गरिएको छ ।
यो सारथी कार्यक्रम एसएमईहरुको योग्यतामा आधारित हुनेछ ।

दराजमा विक्रेताको राम्रो कारोबारले उनीहरूलाई अझ न्यून ब्याजदर प्राप्त गर्ने अवसर दिनेछ । सारथी कार्यक्रम अन्तर्गत, एसएमई विक्रेताहरूले आवश्यकता अनुसार विभिन्न कर्जा सविधा प्राप्त गर्न सक्दछन् । उनीहरूले एक करोड  रुपैयायँसम्मको एसएमई कर्जा लिन सक्नेछन्, जुन दराज विक्रेताको लागिआकर्षक व्याज दरमा उपलब्ध गराइएको छ ।
नबिल बैंकका डेपुटी सीईओ, सुजितकुमार शाक्य र दराज नेपालका प्रबन्धनिर्देशक, लिनो अलरिङ्गले एक विशेष समारोहमा सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । उक्त समारोहमा बोल्दै नबिल बैंकका डेपुटी सीईओले भने, “यो कार्यक्रम नेपालमा डिजिटल बजारको विकासको लागि निकै महत्वपूर्ण रहनेछ ।

हाम्रो मुख्य प्राथमिकता नेपालका एसएमईहरुलाई विभिन्न लगानी कार्यक्रम मार्फत आफ्नो व्यवसाय विस्तारमा सहयोग पु¥याउनु रहेको छ । सारथी कार्यक्रमको लागि हामीले दराजसंग सहकार्य गरेका छौं । हाम्रो विश्वास छ कि, यो वित्तिय कार्यक्रमले उनीहरूलाई कोभिड–१९ को कारणले आइपरेका कठिनाइहरू पार गर्न मद्दत पु¥याउछ र उनीहरूको व्यवसायलाई दीर्घकालीन स्थिरता र बृद्धिका लागि पुर्नजीवित गर्नेछ ।”

त्यस्तै दराज नेपालका प्रबन्ध निर्देशकले भने “सारथी कार्यक्रमलाई नबिल बैंकसंगको सहकार्यमा प्रस्तुत गर्न हामी धेरै उत्साहित छौ । हामीले यसमा लामो समयदेखि काम गरिसकेका भएपनि, अर्थतन्त्रमा कोभिड – १९ को प्रभावलाई ध्यानमा राखी यो कार्यक्रम अहिले अझ महत्वपूर्ण साबित भएको छ ।

यो नेपालमै पहिलो क्रेडिट स्कोरिंगमा आधारित एक नौलो समाधान हो र हामी यो रणनीतिक साझेदारीको शुरुवातमा छौं । नेपाली अर्थतन्त्रलाई अझ मजबुत बनाउन हामी यस सारथी कार्यक्रममा नबिल बैंकसंग धेरै नजिकबाट काम गर्ने आशा गरिरहेका छौं।”
सारथी कार्यक्रम अन्र्तगत एसएमई विक्रेताहरुले प्राप्त गर्न सक्ने फाइदाहरुमा पूर्ण कागजात पेश गरेको ७२ घण्टामै कर्जाको निर्णय, न्यून व्याज दर, ऋण प्रशासनिक शुल्कमा छुट (दराजमा विक्रेताको राम्रो कारोबार अनुसार) र विभिन्न एसएमई आवश्यकताहरु पुरा गर्न बनाएको विशेष प्रकारको कर्जाहरु रहेकाछन ।

व्यवसायहरू जो आफ्नोे अनलाइन उपस्थिति सिर्जना गर्न इच्छुक छन् , सारथी कार्यक्रमको लागि https://click.daraz.com.np/e/_eBPZZ  लिंक प्रयोग गर्न सक्दछन्, जुन नबिल बैंक र दराजको संयुक्त रुपमा सहजीकरण गरिएको छ । नबिल बैंकले आफ्नो देशभर ११९ वटा शाखा कार्यालयहरु, १८५ एटीएम र १५०० भन्दा धेरै नबिल रेमिट एजेन्टहरु सहित विभिन्न देशमा रहेका एजेन्टको बृहत सञ्जालमार्फत निरनतर गुणस्तरिय सेवा प्रवाह गरिरहेको छ ।

दराज दक्षिण एसियाको अग्रणी अनलाइन बजार हो जसले लाखौं विक्रेताहरुलाई लाखौं ग्राहकहरू सँग जोड्दछ । दाराजले १००+ कोटीहरूमा विभाजन गरि २ करोड भन्दा बढी विभिन्न उत्पादनहरूको लागि तत्काल र सजिलो पहुँच प्रदान गर्दछ । दराज एक मल, बजार र यसको ग्राहकहरूको लागि एक समुदाय हो ।

यो उद्यमीहरूका लागि विश्व विद्यालय पनि हो, र यसले प्रत्येक महिना २,००० भन्दा बढी नयाँ विक्रेताहरुलाई ई–वाणिज्य संचालनबारे शिक्षा दिन्छ । दराज नेपाल, नेपालको अग्रणी अनलाइनबजार हो जसमा ७००० भन्दा बढी विक्रेता, ५ लाखभन्दा बढी उत्पादनहरु छन् । दराजले नेपालका २७ भन्दा बढी शहरहरूमा होम डेलिभरी सुविधा प्रदान गर्दछ ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation