अनलाईन व्यापार तिव्र गतिमा फष्टाउदैँ

 अर्थबुलेटिन संवाददाता   १४ मंसिर, २०७७



काठमाडौं । पछिल्लो समय मुलुकमा अनलाईन व्यापार तिव्रगतिमा फष्टाउदै गएको छ । कोरोना भाइरस (कोभिड१९) को संक्रमण नियन्त्रण गर्न गरिएको लकडाउनपछि अनलाईन व्यापार थप बढ्दै गएको हो । उपभोक्ताले अनलाईनबाट सामान अर्डर गरेर सहजै घरमै सामान पुग्ने भएकाले पनि यसप्रति ग्राहकको आकर्षण बढ्दै गएको हो ।

२० वर्ष अघि डिजिटल बजारको अवधारणा आएपनि पछिल्लो १० वर्षको अवधिमा मुलुकमा धेरै नै अनलाईन व्यापार विस्तार हुँदै गएको व्यवसायीले बताएका छन् । ब्राण्डवर्थ प्रालीले आयोजना गरेको फोनपे डिजिटल इकोनोमी कन्क्लेभमा सहभागि सरोकारवाला व्यक्तिले लकडाउनपछि अनलाईन व्यवसाय विस्तार हुँदै गएकाले यसलाई नियमनसँगै व्यवस्थित बनाउन आवश्यक रहेको बताएका छन ।

सस्तो डिलका सञ्चालक अमन थापा पछिल्लो समय अनलाईन व्यवसाय फष्टाउदै गएको बताए । अहिले वार्षिक रुपमा एक सय ५० प्रतिशतका दरले अनलाईन व्यापार बढ्दै गएको बताए । १० वर्ष अघि ९ प्रतिशत मात्र इन्टरनेटको सुविधा भएको अहिले मुलुकभर इन्टरनेट पहुँज बढ्दै गएकाले अनलाईन व्यापार पनि फष्टाउदै गएको उनको भनाई छ । अहिले स्मार्ट फोनको प्रयोग ५० प्रतिशतले बढेकाले पनि अनलाईन व्यापार पहिलो नम्बरको व्यापार बन्न गएको बताउँदै उनले अनलाईन पेमेन्ट प्रणालीजटिल भएकाले सहजीकरण गर्न अति आवश्यक रहेको बताए ।

उद्योग बाणिज्य तथा आपुर्ति मन्त्रालयका सहसचिव गणेश पाण्डले अनलाईन व्यवस्थित र नियमन गर्नका लागि नीतिगतरुपमा कानून बनाउन लागिएको जानकारी दिए । विभिन्न क्षेत्रगत कानूनले यस व्यापारलाई समेटेकाले थप व्यवस्थित बनाउनका लागि कानूनको विधेयकमा छलफल भइरहेको उनको भनाई छ ।

नेशनल पेमेन्ट गेटवे नहुँदा विदेशबाट अनलाईन व्यापारको भुक्तानी गर्न कठिन भएकाले यसलाई सहजीकरण गर्न लागिएको उनको भनाई छ । मुलुकमा साना, घरेलु तथा मझौला उद्योगको क्षमता बृद्धि गरी अनलाईनमार्फत व्यापार गर्न चुनौतिरहेको उनको भनाई छ ।

नगद भुक्तानी प्रणालीलाई डिजिटल कारोबारमा ट्रान्सफर गर्ने सरकारको योजना रहेकाले यसलाई नीतिगत तरवरमा संरक्षण गर्न लागिएको बताउँदै उनले उपभोक्ताले कुन कुन कुरा सुरक्षित राख्न पाउने भनेर संविधानमै व्यवस्था गरिएपनि अनलाईन व्यापारमा औषचारिक रुपमा तथ्याङक दुरुपयोग भनेर उजुरी नआएको उनले जानकारी दिए ।

फुडमान्डुका सञ्चालक मनोहर अधिकारीले सुरुमा ग्राहकलाई अनलाईन व्यापारको बारेमा बुझाउन धेरै नै समय लाग्न गरेकोमा पछिल्लो समय यसमा धेरै नै सुधार आएको जानकारी दिए । अनलाईन व्यापार सहरी क्षेत्रमा लोकप्रिय बन्दै गएपनि गाउँ गाउँ सम्म विस्तार गर्न धेरै नै समस्या रहेको उनको भनाई छ ।

बजारमा अनलाईन व्यापारको माग बढ्दैगएपनि कोभिडको कारणले दक्षजनशक्ति अभावले गर्दा समयमा सामान पु–याउन कठिन परेको भन्दै यस व्यसायको पुर्वाधार विकास सुधार गर्न अति आवश्यक रहेको बताए । इन्टरनेटको पहुँच सवै ठाउँमा नभएकाले सामान वितरण गर्न समेत समस्या भएकाले उनको भनाई छ । लकडाउनपछि अनलाईन व्यापारमा ग्राहकको आकर्षण बढ्दै गएको उनको भनाई छ ।

अरर्बन गल्र्सकी सहसञ्चालक निकिता आचार्यले उपत्यकामा मात्र नभएर पोखरा लगायतका अन्य शहरीमा अनलाईन व्यापारमाप्रति युवाको आर्कषण बढ्दै गएको बताइृन । लकडाउनपछि मुलुकमा धेरै नै अनलाईन व्यापार स्थापना भएर पनि सामान आपुर्ति गर्न धेरै नै समस्या हुने गरेको उनको भनाई छ । ग्राहकको चाहना अनुसार नै सेवा प्रदान गरिरहेकाले गुणस्तरीय सेवा प्रदान गरेर ग्राहकलाई विश्वास दिलाउने काम गरिरहेको उनको भनाई छ ।

तालिम दिएर पनि बाहिर जाने क्रम बढ्दै गएकाले व्यवसाय सञ्चालन गर्नका लागि दक्ष जनशक्तिको अभाव रहेको उनको भनाई छ । लकडाउनपछि धेरै नै संख्यामा अनलाई व्यापार गर्ने कम्पनी स्थापना भएका छन । व्यवसाय सञ्चालन भइरहेकाले मुलुकमा गैरकानूनी ढंगले ५० हजार भन्दा बढी अनलाई कम्पनी सञ्चालन भइरहेका छन ।
 

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation