नेप्सेमा उच्च वृद्धि, ऐतिहाँसिक रेकर्ड कायम

 अर्थबुलेटिन संवाददाता   १४ मंसिर, २०७७



काठमाडौं । नेप्सेमा ऐतिहाँसिक रेकर्ड कायम भएको छ । आज आईतबार नेप्से सुचक तथा कारोवार रकम दुुबै नै उच्च अंकले बढेकाछन् । नेप्से आज ७५ दशमलव दुुई अंकले बढेर १९ सय ६८ दशमलव २७ अंकमा पुुग्दा सेन्सिटिभ १८ दशमलव ७६ अंकले बढेर तीन सय ८३ दशमलव ९३ अंकमा पुुगेको छ  ।

आज दुुई सय वटा कारोवारमा ८० हजार दुई सय ७१ पटकको कारोवारमा दुुई करोड ५९ लाख ४५ हजार तीन सय ८० कित्ता सेयर किनबेच भएकाछन् भने कुुल सेयर कारोवार रकम नौ अर्ब २२ करोड ७३ लाख ४८ हजार तीन सय ४८ रुपैयाँ पुगेको छ ।
आज १२ वटा समुहको कारोवार भएकोमा आठ वटा समुहको सुचक बढेर चार वटा समुहको सुचक घटेकाछन् ।

सो मध्ये वाणिज्य बैंक समुहको सुचक एक सय १२ दशमलव ३२ अंकले बढेर १५ सय ४९ दसमलव ८९ अंकमा चढेकोमा विकास बैंक, जलबिद्युुत, जीवन बीमा, फाईनान्स, अन्य, लघुुबित्त र सामुुहिक लगानी कोष समुहको सुचक पनि बढेकाछन् । निर्जिवन बीमा समुहको सुचक भने आज ४५ दशमलव ५५ अंकले घटेर नौ हजार छ सय ७५ दशसलव १५ अंंकमा झरेकोमा होटल, ट्रेडिङ र उत्पादनमुुलक समुहको सुचक पनि घटेकाछन् ।

आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा ग्रिन डेभलपमेन्ट बैंक परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा बिशाल बजार कम्पनी परेको छ । यसैगरी बढी रकम कारोगार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा नेपाल पुर्नबीमा कम्पनी परेको छ ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation