बलियो नेपाल न्युट्रिशन ईनिशिएटिवलाई राष्ट्रिय वाणिज्य बैंकको आर्थिक सहयोग

 अर्थबुलेटिन संवाददाता   १४ मंसिर, २०७७



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले संस्थागत समाजिक उत्तरदायित्व अन्तर्गत बलियो नेपाल न्यूट्रिशन ईनिशियटिवलाई पोषणयुक्त खानेकुरा वितरण गर्नको लागि आर्थिक सहयोग गरेको छ ।

सहयोग अन्तर्गत बर्दिया, कपिलबस्तु र नवलपरासी पश्चिमका क्षेत्रका विजयपुर, पालिनन्दन, प्रतापपुर र सुस्ता गाउँपालिकाका बालबालिकालाई ६० दिनसम्म पोषणयुक्त खानेकुरा वितरण गरिनेछ ।

यस सम्बन्धमा आज आईतबार बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र बलियो नेपाल न्यूट्रिशन ईनिशियटिवका प्रमुख कार्यकारी अधिकृत डा.अतुल उपाध्याय बिच समझदारीपत्रमा एक कार्यक्रममा बिच हस्ताक्षर भएको छ ।
सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले स्वास्थ्य, वातावरण संरक्षण, शिक्षा, खेलकुद, वित्तीय साक्षरता लगायतको क्षेत्रमा मात्र नभएर बालबिालिकालाई पोषणयुक्त खानेकुरा वितरणमा पनि बैंकले सिएसआर मार्फत सहयोग गरेको बताए । बलियो नेपाल न्यूट्रिशन ईनिशियटिवका प्रमुख कार्यकारी अधिकृत डा.अतुल उपाध्यायले दुईवर्ष भन्दा कम उमेर समुहका बालिबालिकालाई पोषणयुक्त खानेकुरा वितरणको लागि लुम्बिनी प्रदेशलाई पाइलट प्रोजेक्टको रुपमा चयन गरिएको बताए ।

कार्यक्रम ब्रान्च अपरेशन विभागका विभागीय प्रमुख सरोज बस्नेतले संचालन गरेका थिए । कार्यकममा बैंकका उपकार्यकारी अधिकृतहरु सरस्वती अधिकारी, देवेश प्रसाद लोहनी, देवेन्द्ररमण खनाल, विभागीय प्रमुख सरोज वस्नेत, कम्पनी सचिव भोलानाथ पौडेल, ईनिशियटिभका पार्टनरसिप डाइरेक्टर उत्सव ढुङ्गाना लगायतको उपस्थिति रहेको थियो । बैंकको हाल सातै प्रदेस, ७७ जिल्लामा २४२ वटा शाखा कार्यालय, २०५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।  

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation