बैंक तथा फाईनान्स कम्पनीहरुमा झण्डै तीन अर्ब निक्षेप राख्दै राष्ट्र बैंक

 अर्थबुलेटिन संवाददाता   १५ मंसिर, २०७७



काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा फाईनान्स कम्पनीहरुमा झण्डै तीन अर्ब रुपैयाँ संस्थागत निक्षेप राख्ने भएको छ । बैकले पुुन दुुई अर्ब ६६ करोड रुपैयाँ बराबरको संस्थात निक्षेप लगानीको प्रस्ताव आव्हान गरेको हो ।

राष्ट्र बैंकले आईतबार उपदान तथा पेन्सन कोषमा रहेकोरकम र कर्मचारी सुरक्षण कोषमा रहेको रकम समेत गरी कुुल दुुई अर्ब ६६ करोड रुपैयाँ संस्थागत निक्षेप लगानीको आव्हान गरेको हो । लगानीको अवधि २०७७ पुस एक गते देखि २०७८ भदौ ३१ गतेसम्म अर्थात दुुई सय ७५ दिन रहेको छ ।

लगानीको लागि बैंक तथा फाईनान्स कम्पनीहरुले यही मंंसिर १७ गते अपरान्ह तीन बजेसम्म आवेदन दिनुु पर्ने छ । लगानीको लागि छुट्याईएको कुुल रकम मध्येमा वाणिज्य बैंकहरुको लागि दुुई अर्ब १२ करोड ८० लाख, बिकास बैंकहरुको लागि ३९ करोड ९० लाख र फाईनान्स कम्पनीहरुको लागि १३ करोड ३० लाख रुपैयाँ छ्ट्याईएको छ ।

रकम लगानीको लागि प्रस्ताव पेस गर्ने बैंक तथा बित्तीय संस्थाहरु कम्तिमा दुई बर्ष पूरा गरेको, तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको, निष्कृय कर्जा (एन.पी.एल.) कुल कर्जा सापटको पाँच प्रतिशत भन्दा कम भएको, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तिमा बीस प्रतिशत वा सो भन्दा बढी रहेको हुुनुपर्ने प्रावधानहरु तोकिएकाछन ।  

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation