नेप्सेको वृृद्धिदर निरन्तर उच्च अंकमा

 अर्थबुलेटिन संवाददाता   १५ मंसिर, २०७७



काठमाडौं । नेप्से आज सोमबार पनि उच्च अंकले बढेको छ । नेप्से आज २८ दशमलव ७९ अंकले बढेर १९ सय ९७ दशमलव पाँच अंकमा चढेको छ भने सेन्सिटिभ एक दशमलव ६३ अंकले बढेर तीन सय ८५ दशमलव ५६ अंकमा चढेको छ ।

आज एक सय ९८ कम्पनीहरुको ८३ हजार पाँच सय ६७ पटकको कारोवारमा दुुई करोड ५१ लाख ९१ हजार तीन सय १९ कित्ता सेयर किनबेच भएकाछन् भने भने कुुल सेयर कारोवार रकम आठ अर्ब ८६ करोड ७७ लाख १४ हजार छ सय ८२ रुपैयाँ पुुगेको छ ।

आज १२ वटा समुहको कारोवार हुंदा चार वटा समुहको सुचक घट्दा आठ वटा समुहको सुचक बढेकाछन् । सो मध्ये वाणिज्य बैंक समुहको सुचक सात दशमलव ३८ अंकले घटेर १५ सय ४२ दशमलव ३७ अंंकमा झरेकोमा विकास बैंक, फाईनान्स र सामुुहिक लगानी कोष समुहको सुचक पनि घटेकाछन् ।

निर्जिवन बीमा समुहको सुचक भने आज एक सय ९३ दशमलव चार अंकले बढेर नौ हजार आठ सय ६८ दशमलव १८ अंकमा चढेकोमा जीवन बीमा, जलबिद्युुत, लघुबित्त, ट्रेडिङ, होटल, उत्पादनमुलक र अन्य समुहको सुचक पनि बढेकाछन् ।

आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा युुनाईटेड मोदी हाईड्रो पावर कम्पनी पहिलो स्थानमा परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा बिशाल बजार कम्पनी परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा नेपाल लाईफ इन्स्योरेन्स कम्पनी परेको छ ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation