सानिमा बैंकद्वारा निःशुल्क क्रेडिट कार्ड योजना सार्वजनिक

 अर्थबुलेटिन संवाददाता   १५ मंसिर, २०७७



काठमाडौं । सानिमा बैंकले ग्राहकहरुका लागि ‘अनलाइन आवेदन दिनुहोस्, निःशुल्क क्रेडिट कार्ड पाउनुहोस्’ नारा सहित निःशुल्क क्रेडिट कार्ड जारी गर्ने योजना सार्वजनिक गरेको छ ।

बैकका अनुसार यो योजना १५ मंसिर देखि २२ मंसिर २०७७ सम्म अनलाइनबाट क्रेडिट कार्डको आवेदन दिने सम्पूर्ण ग्राहकहरुका लागि लागू हुनेछ । अनलाइन आवेदन बैंकको वेबसाइट बाट दिन सकिनेछ । यस अवधिमा अनलाइनबाट क्रेडिट कार्ड आवेदन दिने ग्राहकहरुले निःशुल्क क्रेडिट कार्डका साथै सुलभ ब्याजदरमा मासिक किस्तामा विशेष सुबिधा पाउन सक्नेछन् ।

सानिमा बैंकको सातै प्रदेशमाहाल ८३ वटा शाखा, १६ विस्तारित काउन्टरर ८१ वटा ए.टि.एम. संचालनमा रहेका छन् । साथै, सानिमा बैंकको डेविट तथा क्रेडिट कार्ड प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ्ग आउटलेट, होटेल, रेष्टुरेन्ट आदिमाविशेष छुटको व्यवस्था रहेको छ

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation