२३ माघ, २०८१ | 05 Feb, 2025
काठमाडौं । ८ वटा कम्पनी कारवाहीमा परेका छन् । वाणिज्य, उपभोक्ता संरक्षण ऐन, २०७५ विरुद्ध गतिविधि गर्ने ८ वटा कम्पनीलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कारवाही गरेको हो । ति कम्पनीहरु दैनिक बजार अनुगमनका क्रममा कालोबजारी गरेको पाइएपछि कारवाहीमा परेका हुन् ।
कारवाहीमा पर्नेमा काठमाडौँ टोखा ५ स्थित बुढाथोकी हार्डवयर, कामनपा ९ स्थित न्यू शिव खाद्य भण्डार, कामनपा ८ मदन दास इन्टरप्राइजेज, कामनपा ३२ सूर्यचन्द्र इन्टरप्राइजेज, ललितपुर १४ स्थित निड्स मार्ट प्रा.लि र सोफिया स्टोर र ललितपुर महानगरपालिका ९ स्थित नखिपोट मिनी मार्ट रहेका छन् ।
विभागलको ति कम्पनीहरुबाट कारवाहीको रुपमा १ लाख २१ हजार रुपैयाँ जरिवाना असुल गरेको छ । विभागले मंगलबारको बजार अनुगमनका क्रममा उपभोक्ता संरक्षण ऐन, २०७५ विरुद्ध गतिविधि सञ्चालन गरेको कारबाही गरेको पाइएपछि उक्त कम्पनीहरुलाई ऐन बमोजिम कारबाही गरिएको जनाएको छ ।