२४ माघ, २०८१ | 06 Feb, 2025
काठमाडौं । नेप्से आज बुुधबार ७० दशमलव ६२ अंकले बढेर दुई हजार ७१ दशमलव दुुई अंकमा चढेको छ । आज सेन्सिटिभ पनि १२ दशमलव २५ अंकले बढेर तीन सय ९६ दशमलव चार अंकमा चढेको छ ।
आज दुुई सय एक वटा कम्पनीहरुको ६१ हजार छ सय ३६ पटकको कारोवारमा एक करोड ५५ लाख ६४ हजार चार सय २७ कित्ता सेयर किनबेच भएकाछन् भने सेयर कारोवार रकम सात अर्ब ४६ करोड ३४ लाख ८२ हजार नौ सय ७२ रुपैयाँ पुुगेको छ ।
आज १२ वटा समुहको कारोवार हुंदा ट्रेडिङ समुहको सुचक घटेपनि बाँकी ११ वटा समुहको सुचक उच्च अंकले बढेकाछन् । आज वाणिज्य बैंक समुहको सुचक छ दशमलव ३८ अंकले बढेर १५ सय सात दशमलव ३२ अंकमा पुुग्दा जलबिद्युुत समुहको सुचक पनि ८८ दशमलव ९९ अंकले बढेर १७ सय २१ दशमलव ३१ अंकमा चढेको छ ।
विकास बैंक, लघुुबित्त, निर्जिवन बीमा, जीवन बीमा, होटल, फाईनान्स, उत्पादनमुुलक, अन्य र सामुहिक लगानी कोष समुहको सुचक पनि बढेकाछन् ।
आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा जनउत्थान सामुुदायिक लघुुबित्त बित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा युनिलिभर नेपाल लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोवारका आधारमा भने आज नेपाल टेलिकम परेको छ ।