वैदेशिक रोजगारीमा जाँदा भुक्तानी गर्नुपर्ने बीमा र कल्याणकारी कोष अब इसेवाबाट

 अर्थबुलेटिन संवाददाता   १७ मंसिर, २०७७



काठमाडौं । बैदेशिक रोजगारीमा जाने श्रमिकहरूले कल्याणकारी कोष र बीमाको रकम इसेवादेखि भुक्तानी गर्न सकिने सेवाको सुरूवात भएको छ । यो सँगै वैदेशीक रोजगारमा जाँदा इसेवा खाता भएका व्यक्तिले सिधै इसेवाबाट भुक्तानी गर्न सक्नेछन् भने इसेवा खाता नभएका व्यक्तिले नजिकै रहेका इसेवा जोन पोइन्टबाट सहजै बीमा रकम भुक्तानी गर्न सक्नेछन् ।

सन नेपाल लाइफ इन्स्योरेन्स्ले जारी गर्ने बैदेशीक रोजगार म्यादी बीमाको इसेवा मार्फत भुक्तानी गर्न सकिन्छ ।  
यस्तै कल्याणकारी कोषको रकम व्यक्तिगत र संस्थागत दुबै किसिमको भुक्तानी गर्न सकिन्छ ।

आफैले वा आफ्नो साथीभाईको मद्दतबाट रोजगारको अवसर खोजी श्रम स्विकृती लिने प्रक्रियामा भएका व्यक्तिले इसेवाबाट व्यक्तिगत रुपमा कल्याणकारी कोषमा रकम बुझाउन सकिनेछ । यसैगरी पहिले रोजगारका लागि विदेश गईसकेको र पुनः सोही ठाउँमा जान भिसा नविकरण गर्ने व्यक्तिले पनि व्यक्तिगत रुपमा अनलाईन फारम भरी इसेवाबाट कल्याणकारी कोषमा रकम बुझाउन सकिनेछ ।

यस्तै  म्यानपावर मार्फत बैदेशिक रोजनकारमा पठाउने मेनपावर कम्पनीले पनि एक मुस्ट कल्याणकारी कोषमा रकम बुझाउन सकिनेछ । जसका लागि कम्पनीले इजाजत प्राप्त गरेको समयमा पाएकोे लट नम्बर प्रयोग गरी पनि इसेवाबाट रकम बुझाउन सकिनेछ । 

इसेवाबाट सिधै बीमा र कल्याणकारी कोषको रकम भुक्तानी गर्न सकिने भएपछि वैदेशीक रोजगारीमा जाने व्यक्तिको समय र खर्चको बचत हुनेछ । यसअघि कल्णकारी कोष र बीमाको रकम बुझाउन लामो समय लाइनमा बस्नुपर्ने बाध्यता रहिआएको थियो ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation