२४ माघ, २०८१ | 06 Feb, 2025
काठमाडौं । नेप्से उच्च अंकले घटेको छ । आज बिहिबार नेप्से १५ दशमलव ५७ अंकले घटेर दुई हजार ५५ दशमलव ४५ अंकमा झरेको छ भने सेन्सिटिभ तीन दशमलव ७६ अंकले घटेर तीन सय ९२ दशमलव २९ अंकमा झरेको छ ।
दुुई सय वटा कम्पनीहरुको ६४ हजार चार सय २६ पटकको कारोवारमा एक करोड ५८ लाख ८९ हजार पाँच सय ६० कित्ता सेयर खरिद बिक्री हुँदा आज कुुल कारोवार रकम आठ अर्ब दुुई करोड ६० लाख २३ हजार सात सय ९८ रुपैयाँ पुगेको छ ।
आज १२ वटा समुहको कारोवार हुँदा जलबिद्युुत र लघुबित्त समुहको सुचक बढेर बाँकी समुहको सुचक घटेकाछन् । सो मध्ये वाणिज्य बैक समुहको सुचक आठ दशमलव ७३ अंकले घटेर १४ सय ९८ दसमलव ५९ अंकमा झरेकोमा विकास बैंक, निर्जिवन बीमा, जीवन बीमा, ट्रेडिङ, होटल, फाईनान्स, उत्पादनमुुलक, अन्य र सामुुहिक लगानी कोष समुहको सुचक पनि घटेकाछन् ।
आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा एभरेष्ट बैंकको संस्थापक सेयर परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा साल्ट ट्रेडिङ कर्पोरेशन नेपाल लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा नेपाल पुर्नबीमा कम्पनी परेको छ ।