![अर्थ बुलेटिन](/Images/ArthaLogo.png)
![अर्थ बुलेटिन](/Images/ArthaBulletin.png)
२४ माघ, २०८१ | 06 Feb, 2025
काठमाडौं । अर्थ मन्त्रालयले कोरोना बीमावापतको रकम तत्काल भुक्तानी गर्न निर्देशन दिएको छ । मन्त्रालयले बिहिबार एक निर्देशन जारी गर्दै ३ दिनभित्रै भुक्तानी गर्न बीमा समितिलाई निर्देशन दिएको हो ।
यसअघि ७ दिनभित्रै भुक्तानी दिनू भन्ने मन्त्रालयको निर्देशन कार्यान्वयन नगरेको भन्दै मन्त्रालयले आज पुनः अर्को निर्देशन जारी गरेको हो ।
अर्थमन्त्रालयले ३ दिनभित्रै कोरोना बीमाको रकम भुक्तानी गरी सो जानकारी मन्त्रालयमा पठाउन बीमा समितिलाई निर्देशन दिएको बताएको छ । साथै मन्त्रालयले हाल कुन–कुन बीमा कम्पनीमा कति संख्यामा दाबी परेको छ सोको विवरण समेत पठाउन भनेको छ ।