सिद्धार्थ बैंकद्वारा पर्वतारोहण संघलाई आर्थिक सहयोग

 अर्थबुलेटिन संवाददाता   १८ मंसिर, २०७७



काठमाडौं । सिद्धार्थ बैंकले शैक्षिक छात्रवृत्तिका लागि नेपाल पर्वतारोहण संघलाई आर्थिक सहयोग गरेको छ । बैंकले बिहिबार काठमाडौंको नक्सालस्थित नेपाल पर्वतारोहण संघलाई सामाजिक उत्तरदायित्व अन्र्तगत एक लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । सो रकम बैंककातर्फबाट नायव प्रबन्धक(भ्याली रिर्सोसेस अपर्णा गिरीले नेपाल पर्वतारोहण संघका प्रमुख कार्यकारी अधिकृत कुल प्रसाद राईलाई हस्तान्तरण गरेका हुुन ।

उक्त रकम नेपाल पर्वतारोहण संघले नेपाल पर्वतीय पर्यटन प्रवद्घनको कार्य क्षेत्रमा खटिदा आकस्मिक दुर्घटनामा परी निधन भएको आरोहीका बालबालिकालाई शैक्षिक छात्रवृत्ति प्रदान गर्नका लागि उपयोग गर्नेछ ।

विगत् ४७ वर्ष देखि नेपालको पर्वतीय पर्यटन क्षेत्र विकासको सहयोग गर्ने कार्य गर्दै आइरहेको उक्त संघलाई बैंकले पु¥याएको सो रकम सहयोगबाट निधन भएका पर्वत आरोहीका २० जना बालबालिकाहरुलाई शैक्षिक छात्रवृत्ति प्रदान हुने र बालबालिकाहरुको शिक्षामा केहि हदसम्म भएपनि उत्थान पुग्ने विश्वास बैंकले लिएको छ ।

बैंकले शिक्षा, स्वास्थय, वातावरण, पर्यटन, सांस्कृतिक सम्पदा, पुर्वधार र सुरक्षा जस्ता क्षेत्र अन्तर्गत विभिन्न सामाजिक उत्तरदायित्व निर्वाह सम्बन्धि कार्यहरूमा सहभागिता जनाउदै आएको र आगामी दिनहरुमा पनि यसलाई निरन्तरता दिदै जाने उद्देश्य रहेको जानकारी दिएको छ ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation