राष्ट्र बैंकद्वारा मौद्रिक नीतिको समिक्षाः बैंकिङ क्षेत्रमा पर्याप्त तरलता

 अर्थबुलेटिन संवाददाता   १९ मंसिर, २०७७



काठमाडौं । बैंकिङ क्षेत्रमा तरलता पर्याप्त रहेको छ । नेपाल राष्ट्र बैंकले बिहिबार चालु आर्थिक बर्षको पहिलो त्रैमासिक मौद्रिक नीतिको समिक्षा प्रस्तुत गर्दे तरलता पर्याप्त रहेको जानकारी दिएको हो ।

राष्ट्र बैंकका अनुसार यस अवधिमा रिभर्स रिपोमार्फत ६० अर्ब र निक्षेप संकलन उपकरणमार्फत् ३० अर्ब गरी कुल ९० अर्ब रुपैयाँ तरलता प्रशोचन गरिएको छ । आर्थिक वर्ष २०७६/७७ को पहिलो तीन महिनामा रिपोमार्फत् ३९ अर्ब ५२ करोड र स्थायी तरलता सुविधामार्फत् ४९ अर्ब ८० करोड गरी कुल ८९ अर्ब ३२ करोड रुपैयाँ तरलता प्रवाह गरिएको थियो भने निक्षेप संकलन उपकरणमार्फत ३० अर्ब तरलता प्रशोचन गरिएको राष्ट्र बैंकले जनाएको छ ।

समीक्षा अवधिमा यस बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरु) बाट अमेरिकी डलर एक अर्ब २४ करोड खुद खरिद गरी एक खर्ब ४७ अर्ब ४३ करोड तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर ९० करोड २२ लाख खुद खरिद गरी एक खर्ब दुुई अर्ब ६३ करोड रुपैयाँ तरलता प्रवाह गरिएको थियो ।

राष्ट्र बैंकका अनुसार अवधिमा अमेरिकी डलर ८४ करोड बिक्री गरी ९९ अर्ब ६४ करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर एक अर्ब ६ करोड विक्री गरी एक खर्ब १९ अर्र्ब ९८ करोड रुपैयाँ बराबरको भारतीय रुपैँया खरिद भएको थियो ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation