

२८ बैशाख, २०८२ | 11 May, 2025
काठमाडौं । आईतबार नेप्से एकैदिनमा एक सय २३ दशमलव ३४ अंकले घटेर १९ सय ३२ दशमलव ११ अंकमा झरेको छ । आज सेन्सिटिभ इन्डेक्स पनि २१ दशमलव ६२ अंकले घटेर तीन सय ७० दशमलव ६७ अंकमा झरेको छ ।
एक सय ९७ वटा वटा कम्पनीहरुको ६१ हजार आठ सय ५८ पटकको कारोवारमा एक करोड ५४ लाख ९० हजार ७८ कित्ता सेयर किनबेच भएकाछन् भने सेयर कारोवार रकम सात अर्ब २० करोड ९१ लाख ८० हजार दुुई सय १३ रुपैयाँ पुुगेको छ ।
आज १२ वटा समुहको कारोवार हुँदा सबै समुहको सुचक घटेर नेप्से पुरै रातो भएको छ । सो मध्ये वाणिज्य बैंक समुहको सुचक ६४ दशमलव नौ अंकले घटेर १४ सय ३३ दशमलव ६९ अंकमा पुुग्दा जलबिद्युत समुहको सुचक पनि ८६ दशमलव ५१ अंकले घटेर १५ सय ४५ दशमलव १६ अंकमा पुगेको छ ।
यि बाहेक विकास बैंक, लघुुबित्त, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल, फाईनान्स, उत्पादनमुुलक, अन्य र सामुुहिक लगानी कोष समुहको सुचक पनि घटेकाछन् ।
आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा रिलायन्स फाईनान्स परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा डिप्रोक्स लघुुबित्त बित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने आज नेपाल पुर्नबीमा कम्पनी परेको छ ।