२४ माघ, २०८१ | 06 Feb, 2025
काठमाडौं । सोमबार नेप्सेले फेरि छलाङ मारेको छ । आज नेप्से ७२ दशमलव २८ अंकले बढेर दुई हजार चार दशमलव ३९ अंकमा चढेकोमा सेन्सिटिभ पनि १२ दशमलव एक अंकले बढेर तीन सय ८२ दशमलव ७७ अंकमा चढेको हो ।
आज दुुई सय छ वटा कम्पनीहरुको ६० हजार ५५ पटकको कारोवारमा एक करोड १९ लाख २० हजार आठ सय १९ कित्ता सेयर किनबेच भएकाछन् भने सेयर कारोवार रकम छ अर्ब ६६ करोड ७९ लाख ५६ हजार आठ सय ३१ रुपैयाँ पुगेको छ ।
आज १२ वटा समुहको कारोवार हुंदा सबै समुहको सुचक बढेर हरियो भएको छ । ति मध्ये वाणिज्य बैंक समुहको सुचक ३१ दशमलव ९१ अंकले बढेर १४ सय ६५ दशमलव ५९ अंंकमा चढेकोमा विकास बैंक, जलबिद्युुत, लघुबित्त, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल, फाईनान्स, उत्पादनमुुलक, अन्य र सामुुहिक लगानी कोष समुहको सुचक पनि बढेकाछन् ।
आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा नारायणी डेभलपमेन्ट बैंक परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा एभरेष्ट इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर परेको छ ।
यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने आज पहिलो स्थानमा नेपाल पुर्नबीमा कम्पनी परेको छ ।