२४ माघ, २०८१ | 06 Feb, 2025
काठमाडौं । आज नेप्सेको यात्रा ओरालो लयमा लागेको छ । मंगलबार नेप्से नौ दशमलव चार अंकले घटेर १९ सय ९५ दशमलव ३५ अंकमा झर्दा सेन्सिटिभ पनि दुुई दशमलव ५९ अंकले घटेर तीन सय ८० दशमलव १८ अंकमा झरेको छ ।
आज दुुई सय दुुई वटा कम्पनीहरुको ४८ हजार आठ सय एक पटकको कारोवारमा एक करोड २५ लाख ६६ हजार नौ सय ६१ कित्ता सेयर किनबेच भएकाछन् भने कुुल कारोवार रकम पाँच अर्ब ७१ करोड ९४ लाख ३६ हजार तीन सय ८४ रुपैयाँ पुुगेको छ ।
आज १२ वटा समुहको कारोवार हुँदा जलबिद्युुत र सामुुहिक लगानी कोष समुहको सुचक बढेकाछन् भने बाँकी समुहको सुचक घटेकाछन् ।
सो मध्ये वाणिज्य बैंक समुहको सुचक सात दसमलव ६९ अंकले घटेर १४ सय ५७ दशमलव ९१ अंकमा झर्दा विकास बैंक, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल, फाईनान्स, उत्पादनमुलक, अन्य र लघुुबित्त समुहको सुचक पनि घटेकाछन् ।
आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा नारायणी डेभलपमेन्ट बैंक परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा एभरेष्ट इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर परेको छ ।
यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने आज पनि नेपाल पुर्नबीमा कम्पनी पहिलो स्थानमा परेको छ ।