

८ बैशाख, २०८२ | 21 Apr, 2025
काठमाडौं । नविनतम सोचका साथउद्यमी बन्न चाहने युवाका लागि नवप्रर्वतन प्रस्ताव आह्वान (Startup Idea Call ) कार्यक्रम सुरु भएको छ । सरकार, वित्तीय संस्था र नीति क्षेत्र बीचत्रिपक्षीय सहमति अनुसार बागमती प्रदेश सरकारको उद्योग, पर्यटन, वनतथावातावरण मन्त्रालय, राष्ट्रिय बाणिज्य बैंक र विशाल फाउण्डेशनले संयुक्त रुपमा नवप्रवद्र्धन प्रस्ताव आह्वान ( -Start-up Ideas Call ) कार्यक्रम सुरु गरेका हुन् ।
काठमाडौंमा बुधवार आयोजित समुद्घाटन सत्रमा वेबसाइट र भिडियो सन्देशमार्फत पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले समुद्घाटन गर्नु भयो । समुद्घाटन मन्तब्य राख्दै पुर्व प्रधानमन्त्री माधवकुमार नेपालले व्यवसाय सफल नहुने मुख्यकारण सम्पूर्ण पक्षहरुबीच तालमेल नहुनु हो भन्नु हुँदै उत्पादन, श्रम, पूँजी, बजार र नीति बीच तालमेल भए मात्र व्यवसाय सफल हुने बताउनुभयो ।
नेपालमै बसेर स्वरोजगार बन्छु भन्नेका लागि यो कार्यक्रम निकै उपयोगी हुने उहाँको भनाई थियो । आयोजकका अनुसार २०७७ माघ महिना भरी उद्यमीबन्नचाहने युवाका लागि नविनतम प्रवद्र्धन प्रस्ताव (स्टार्टअप आइडिया कल) www.startupideacall.org वेबसाइट मार्फत नवप्रवद्र्धन प्रस्ताव आह्वान गरी संकलनगर्ने, उत्कृष्ट आइडिया पठाउने युवाहरुलाई उद्यमशीलता सम्वन्धी निशुल्क तालीम प्रदान गरी राष्ट्रिय बाणिज्य बैंक मार्फत बढीमा तीन प्रतिशत ब्याजदरमा अधिकतम १५ लाख रुपैंयासम्म सहुलियतपूर्ण कर्जा लगानी गरिने छ ।
कार्यक्रममा बागमती प्रदेश सरकारका उद्योग, पर्यटन, वनतथावातावरण मन्त्री माननीय अरुण नेपालले बागमती प्रदेश भित्र व्यवसाय गर्ने दुई सय युवाहरुलाई लगानी गरिने बताउनुभयो ।
राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले यो कर्जा एकदमै सस्तो र सरल किसिमले पाउने भएकाले सदुपयोग गरी व्यवसायगर्न आग्रह गर्नुभयो । नवप्रवद्र्धन प्रस्ताव आह्वान, तालीम सञ्चालन र सहुलियतपूर्ण कर्जा प्रवाह कार्यक्रमको समन्वय गरिरहेको विशाल फाउण्डेशनका प्रमुख कार्यकारी अधिकृत विशाल गैरेले त्रिपक्षीय सहकार्यमा निकट भविष्यमा यो कार्यक्रम अन्य प्रदेशमा पनि लैजाने बताउनुभयो ।
नयाँनयाँ आइडिया भएर पनिकहाँजाने, कस्लाई भेट्ने, लगानी कसरी खोज्ने, तालीम कसरी लिने भनेर दुविधामा भएका युवाहरुलाई माघ महिनासम्ममा आइडिया पठाउने युवाहरुलाई गरी फागुन र चैत्र महिनामा तालीम प्रदान गरी सहुलियकतपूर्ण कर्जा प्रवाह हुने छ । नेपालमा उद्यमी बन्न चाहने युवाका लागि यो स्टार्टअप आइडिया कलनिकै उपयोगी हुने विश्वास लिइएको छ ।
कार्यक्रममा बागमती प्रदेश सरकारका आन्तरीक मामिला तथा योजना मन्त्री माननीय कैलाप्रसाद ढुङ्गेल, राष्ट्रिय सभाका सांसद माननीय डा. बिमला राई पौडेल, बागमती प्रदेश सरकारका सचिव डा. सिन्धुप्रसाद ढुङ्गाना, विशाल फाउण्डेशनका अध्यक्ष नरेशप्रसाद श्रेष्ठले नयाँ नेपाल निर्माणका लागि यो कार्यक्रमको सफलताको लागि शुभकामना दिनुभयो । कार्यक्रममा युवाउद्यमी तथा सरोकारपक्षहरुको उपस्थिति रहेको थियो ।