आठ दशमलव २७ अंकले बढ्यो नेप्से

 अर्थबुलेटिन संवाददाता   २५ मंसिर, २०७७



काठमाडौं । आज  नेप्से आठ दशमलव २७ अंकले बढेर १९ सय ६४ दशमलव दुुई अंकमा चढेको छ । सेन्सिटिभ इन्डेक्स पनि दुुई दशमलव ३२ अंकले बढेर तीन सय ७४ दशमलव दुुई अंकमा चढेको छ । आज दुुई सय चार वटा कम्पनीहरुको ३९ हजार चार सय १० पटकको कारोवारमा ९८ लाख ८३ हजार एक सय ९७ कित्ता सेयर किनबेच भएकाछन् भने कुुल कारोवार रकम चार अर्ब १४ करोड ६३ लाख २१ हजार ५० रुपैयाँ पुगेको छ । 

आज १२ वटा समुहको कारोवार हुंदा बिकास बैंक र जलबिद्युुत समुहको सुचक घटेर बाँकी १० वटा समुहको सुचक बढेकाछन् । सो मध्ये वाणिज्य बैंक समुहको सुचक आठ दशमलव ४६ अंकले बढेर १४ सय ३५ दशमलव ७७ अंकमा चढेकोमा जीवन बीमा समुहको सुचक दुई सय छ दशमलव नौ अंकले बढेर १२ हजार ७९ दसमलव ८६ अंकमा चढेको छ ।

यसैगरी ट्रेडिङ, निर्जिवन बीमा, होटल, फाईनान्स, उत्पादनमुलक, अन्य, लघुबित्त र सामुुहिक लगानी कोष समुहको सुचकहरु पनि बढेकाछन् ।
आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको लिर्वर्टी इर्नर्जी कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा अपर तामाकोशी हाईड्रो पावर कम्पनी परेको छ ।  यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी परेको छ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation