बझाङको राजकोटमा शाखारहित बैंकिङ्ग सेवा सुरु

 अर्थबुलेटिन संवाददाता   २६ मंसिर, २०७७



 काठमाडौं । सनराइज बैंक लिमिटेडले बझाङको जयपृथ्वी नगरपालिका–३ राजकोटमा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । सो शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या ५४ पुगेको छ । बैंकले राजकोटमा संचालनमा आएको शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिका रुपमा विष्णु बहादुर खड्कालार्ई नियुक्त गरेको छ ।

बिहिवार आयोजित कार्यक्रममा प्रमुख अतिथिमा पाण्डु माध्यमिक विद्यालय राजकोटका प्रधानाध्यापक राम बहादुर ऐडीको उपस्थिती रहेको थियो ।

बैंकिङ्ग सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत ए।टी।एम कार्डमार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ ।

यस सेवाबाट ग्राहकले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने जनाएको छ । कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेको सो क्षेत्रका बासिन्दाहरुमा बैंकिङ्ग पहुच बढाउने उद्देश्यका साथ बैंकिङ्ग सेवा सुरु गरेको  बैंकले जनाएको छ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation