२४ माघ, २०८१ | 06 Feb, 2025
काठमाडौं । नेप्से पहिलो दिन नै उच्च अंकले बढेको छ । आज आईतबार नेप्से ४६ दशमलव ४३ अंकले बढेर दुुई हजार १० दशमलव ४५ पुुग्दा सेन्सिटिभ आठ दशमलव नौ अंकले बढेर तीन सय ८२ दशमलव ११ अंकमा चढेको छ ।
दुुई सय तीन वटा कम्पनीहरुको ४३ हजार पाँच सय ८४ पटकको कारोवारमा ९० लाख ५० हजार १६ कित्ता सेयर खरिद बिक्री भएकाछन् भने कुुल कारोवार रकम चार अर्ब ८९ करोड ९४ लाख ८४ हजार एक सय ३१ रुपैयाँ पुगेको छ ।
आज १२ वटा समुहको कारोवार हुँदा ट्रेडिङ, होटल र जलबिद्युुत समुहको सुचक घटे पनि बाँकी नौ वटा समुहको सुचक भने उच्च अंकले बढेकाछन् ।
ति मध्ये वाणिज्य बैंक समुहको सुचक ४५ दशमलव ७७ अंकले बढेर १४ सय ८१ दशमलव ५४ चढेकोमा बिकास बैक समहको सुचक पनि ३६ दशमलव ७१ अंकले बढेर २१ सय ६५ दशमलव ३२ अंकमा चढेको छ ।
यसैगरी लघुुबित्त, निर्जिवन बीमा, जीवन बीमा, फाईनान्स, उत्पादनमुलुक, अन्य र सामुुहिक लगानी कोष समुहको सुचक पनि बढेकाछन् ।
आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा महुुलि सामुुदायिक लघुुबित्त बित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा अपर तामाकोशी हाईड्रो पावर कम्पनी परेको छ ।
यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने आज नेपाल लाईफ इन्स्योरेन्स कम्पनी पहिलो स्थानमा परेको छ ।