आज छ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक

 अर्थबुलेटिन संवाददाता   २९ मंसिर, २०७७



काठमाडौं । आज नेपाल राष्ट्र बैंकले  छ अर्ब रुपैयाँको ट्रेजरी  बिल जारी गर्दैछ  ।  सोमबार अपरान्ह दुुई बजेसम्म उक्त परिमाणमा ट्रेजरी जारी गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार मंसिर ३० गते जारी मिती तोकिएको  ट्रेजरी  खरिदको लागि वाणिज्य बैंक, बवकास बैंक र फाईनान्स कम्पनीहरुले भाग लिन पाउने छन् । बिक्री गरिने कुुल  ट्रेजरी मध्येमा ९१ दिने अवधिको चार अर्ब र  तीन सय ६४ दिने अवधिको दुई रुपैयाँ रहेको छ ।

सो मध्ये ९१ दिने  ट्रेजरीकोे परिपक्व हुुने अवधि २०७७ चैत तीन गते र तीन सय ६४ दिने ट्रेजरीको परिपक्व हुुने अवधि २०७८ साल मंसिर २८ गते तोकिएको छ । यसअघि मंसिर २२ गते पनि १७ अर्ब २६ करोड रुपैयाँको टे ट्रेजरी  बिल जारी गरेको राष्ट्र बैंकले जानकारी दिएको छ ।    

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation