सेल पे र फोन पे बीच भुक्तानी सम्झौता

 अर्थबुलेटिन संवाददाता   २९ मंसिर, २०७७



काठमाडौं । भुक्तानी सेवा प्रदायक सेलकम प्रा. लि. (सेलपे) तथा फोनपे पेमेण्ट सर्भिस लि (फोनपे) बीच सहकार्य भएको छ । नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त दुबै संस्थाबीच सम्झौतामा हस्ताक्षर भएको हो ।

उक्त सहकार्य अन्तर्गत सेलपेका ग्राहकहरुले फोनपे नेटवर्कका सम्पूर्ण मर्चेण्टहरुमा भुक्तानी गर्न सक्ने छन् । सेलपेका ग्राहकहरुले उक्त मर्चेण्टहरुमा भुक्तानी गर्दा उपलब्ध ग्राहक योजनाहरुको फाईदा उठाउन सक्नुका साथै हरेक क्यूआर भुक्तानीमा रिवार्ड पोइन्टस पनि पाउनेछन् ।

उक्त सम्झौतापत्रमा सेलकम प्रा. लि. का प्रबन्ध निर्देशक पवन प्रधान तथा फोनपे पेमेण्ट सर्भिस लि. का तर्फबाट एफवान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकालले हस्ताक्षर गरेका हुन्  ।

यस सहकार्य अन्तर्गत सेलपेका ग्राहकहरुले फोनपे नेटवर्कमा आवद्ध रहेका करिब १६०००० मर्चेण्टहरुमा भुक्तानी गर्न सक्ने छन् । सेलपेका ग्राहकहरुले उक्त मर्चेण्टहरुबाट कुनै पनि सामान वा सेवा खरिद गर्दा सेलपे एप्पबाट उक्त मर्चेण्टमा रहेको फोनपे क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्न सक्ने छन् ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation