२४ माघ, २०८१ | 06 Feb, 2025
काठमाडौं । सोमबार नेप्से ५६ दशमलव ७२ अंकले बढेर दुुई हजार ६७ दशमलव १७ अंकमा पुगेको छ । आज सेन्सिटिभ इन्डेक्स पनि छ दशमलव चार अंकले बढेर तीन सय ८८ दशमलव १६ अंकमा चढेको छ ।
दुुई सय दुुई वटा कम्पनीहरुको ५७ हजार ८७ पटकको कारोवारमा एक करोड २८ लाख ८८ हजार ६६ कित्ता सेयर किनबेच भएकाछन् भने कुुल सेयर कारोवार रकम सात अर्ब २० करोड ४१ लाख ३६ हजार नौ सय २३ रुपैयाँ पुुगेको छ ।
नेप्सेमा आज १२ वटा समुहको कारोवार जलबिद्युुत समुहको सुचक घटेर बाँकी ११ वटा समुहको सुचक बढेकाछन् ।
सो मध्ये वाणिज्य बैंक समुहको सुचक २२ दशमलव एक अंकले बढेर १५ सय तीन दसमलव ६४ अंकमा पुुग्दा विकास बैंक, लघुुबित्त, निर्जिवन बीमा, जीवन बीमा, ट्रेडिङ, होटल, फाईनान्स, उत्पादनमुुलक, अन्य र सामुुहिक लगानी कोष समुहको सुचक पनि बढेकाछन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा प्राईम लाईफ इन्स्योरेन्स कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा लिर्वर्टी इनर्जी प्राली परेको छ ।
यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा प्राईम लाईफ इन्स्योरेन्स कम्पनी परेको छ ।