प्रभुु क्यापिटलद्वारा अफर सञ्चालनमा

 अर्थबुलेटिन संवाददाता   २९ मंसिर, २०७७



काठमाडौं । प्रभुु क्यापिटल लिमिटेडको वीन्टर अफर सार्वजनिक गरेको छ ।  नेपाली पूँजी बजारमा चिरपरिचित प्रभु क्यापिटल लिमिटेडले केही समय अगाडि सञ्चालन गरेको तीन बर्षे फ्री डि म्याट खाता योजनामा आफ्ना ग्राहकहरुको अभूतपूर्व सहभागितालाई मध्यनजर गर्दै यस वर्षको जाडो मौसममा घरमै बसीबसी अनलाइन बाटै तथा प्रभु बैंकको सम्पूर्ण शाखा तथा क्यापिटलको कार्यालय कमलादीमा सम्पर्क गरी डिम्याट खाता खोल्न चाहने ग्राहकहरुको लागि मंसिर २४ गतेदेखि पौष मसान्त २०७७ भित्र खाता खोल्दा एक वर्षको लागि फ्रि डिम्याट खाता योजना सञ्चालनमा ल्याएको हो ।

योजना अन्र्तरगत खाता खोल्न चाहने ग्राहकहरुको लागि क्यापिटलले निःशुल्क डिम्याट खाता र मेरो शेयर अनलाइन सेवा प्रदान गर्नेछ ।

त्यसैले अहिलेसम्म डिम्याट खाता नखोल्ने ग्राहकहरुले आफू, आफ्नो परिवार तथा आफ्ना साथीभाईहरुलाई यस योजनामा जोडि निशुल्क डिम्याट खाता अनलाईनबाट खोली समय तथा रकमको बचत गरी शेयर कारोबार गरौं, गराऔं भन्ने सन्देश पनि प्रवाह गरेको छ ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation