![अर्थ बुलेटिन](/Images/ArthaLogo.png)
![अर्थ बुलेटिन](/Images/ArthaBulletin.png)
२४ माघ, २०८१ | 06 Feb, 2025
काठमाडौं । आज नेप्से घटेको छ । अघिल्लो दिन बढेको नेप्से आज पाँच दशमलव ७५ अंकले घटेर दुई हजार ६१ दशमलव ४१ अंकमा झर्दा सेन्सिटिभ पनि शुन्य दशमलव ७४ अंकले घटेर तीन सय ८७ दशमलव ४२ अंकमा झरेको छ ।
आज दुुई सय पाँच वटा कम्पनीहरुको ४७ हजार सात सय ६९ पटकको कारोवारमा ९७ लाख ५५ हजार पाँच सय ४७ कित्ता सेयर किनबेच भएकाछन् भने कुुल सेयर कारोवार रकम छ अर्ब छ करोड ९३ लाख ३१ हजार छ सय ८७ रुपैयाँ पुुगेको छ ।
आज १२ वटा समुहको कारोवार हुँदातीन वटा समुहले कमाएकाछन भने नौ वटाले गुमाएकाछन् । कमाउने समुहमा आज वाणिज्य बैंक, लघुुबित्त र जीवन बीमा परेकाछन् ।
बिकास बैंक उपसमुहको सुचक भने आज २४ दशमलव १४ अंकले घटेर दुुई हजार एक सय ९७ दशमलव ७० अंकमा झर्दा निर्जिवन बीमा समुहको सुचक पनि ८१ दशमलव ९६ अंकले घटेर नौ हजार नौ सय ३७ दशमलव ४६ अंकमा झरेको छ ।
जलबिद्युुत, ट्रेडिङ, होटल, फाईनान्स, उत्पादनमुुलक, अन्य र सामुुहिक लगानी कोषको सुचकहरु पनि आज घटेकाछन् ।
आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा उन्नती सहकार्य लघुबित्त बित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा मल्टीपर्पोस फाईनान्स परेको छ ।
यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने आज नेपाल लाईफ इन्स्योरेन्स कम्पनी पहिलो स्थानमा परेको छ ।