सिद्धार्थ बैंकद्वारा “स्कोर कार्ड मोडल” को प्रारम्भ

 अर्थबुलेटिन संवाददाता   ३० मंसिर, २०७७



काठमाडौं । सरल तथा सहजरुपमा साना तथा मझौला व्यवसायीलाई छोटो समयमै कर्जा प्रदान गर्ने उद्देश्यका साथ सिद्धार्थ बैंक लिमिटेडले ग्राहकको वित्तीय तथा गैर वित्तीय सुचांकहरुको आधारमा कर्जा स्वीकृती प्रक्रिया “स्कोर कार्ड मोडल” को प्रारम्भ गरेको छ ।

स्कोर कार्ड मोडल अन्तर्गत बैंकले एक करोड सम्मको लघु, साना तथा मझौला कर्जा ग्राहकले आवश्यक सम्पूर्ण कागजात पेश गरेको २४ कार्य घण्टा भित्र स्वीकृत गरिने व्यवस्था मिलाएको छ ।

यो स्कोर कार्ड मोडल सिद्धार्थ बैंक र यूकेएड सक्षम एक्सेस टु फाईनान्स प्रोग्रामबीचको सहकार्यमा देशको लघु, साना तथा मझौला उद्यमहरुको लागि सरल प्रक्रियामा कर्जा प्रधान गर्न र वित्तीय पहुँचमा वृद्धि गर्न सञ्चालन गरिएको हो ।

यस व्यवस्था अन्तर्गत कर्जाका लागि आवेदन दिन तथा थप जानकारीका लागि आफ्नो नजिकैको शाखा वा बैंकको ग्राहक सेवा केन्द्र, ०१९५९७००२० मा सम्पर्क गर्न बैकले आग्रह गरेको छ ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation