![अर्थ बुलेटिन](/Images/ArthaLogo.png)
![अर्थ बुलेटिन](/Images/ArthaBulletin.png)
२४ माघ, २०८१ | 06 Feb, 2025
काठमाडौं । आज पनि नेप्से घटेको छ । बुधबार नेप्से छ दशमलव दुुई अंकले घटेर दुुई हजार ५५ दशमलव २२ अंकमा झर्दा सेन्सिटिभ पनि शुन्य दशमलव ४३ अंकले घटेर तीन सय ८६ दशमलव ९८ अंकमा झरेको छ ।
एक सय ९९ वटा कम्पनीहरुको ४९ हजार एक सय ५९ पटकको कारोवारमा एक करोड पाँच लाख ५८ हजार तीन सय ९१ कित्ता सेयर किनबेच भएकाछन् भने कुुल सेयर कारोवार रकम पाँच अर्ब १४ करोड ४६ लाख ७५ हजार पाँच सय ७८ रुपैयाँ पुुगेको छ ।
आज १२ वटा समुहको कारोवार हुँदा सात वटा समुहको सुचक बढेर पाँच वटा समुहको सुचक घटेकाछन् ।
ति मध्ये वाणिज्य बैंक समुहको सुचक शुन्य दशमलव ९५ अंकले बढेर १५ सय चार दशमलव ६७ अंकमा चढेकोमा विकास बैंक, उत्पादनमुुलक, लघुबित्त, ट्रेडिङ, होटल र सामुुहिक लगानी कोष समुहको सुचक पनि बढेकाछन् ।
जलबिद्युुत समुहको सुचक भने आज २४ दशमलव ३६ अंकले घटेर १६ सय ८० दशमलव ९२ अंकमा झरेकोमा निर्जिवन बीमा, जीवन बीमा, फाईनान्स र अन्य समुहको सुचक पनि घटेकाछन् ।
आज बढी कमाउने कम्पनीहरुको सुुचीमा पहिलो स्थानमा महुुली लघुुबित्त बित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा एभरेष्ट इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर परेको छ ।
बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा नेपाल क्रेडिट एण्ड कर्मश बैंक परेको छ ।